भारी वर्षा संगै हिमपातले कर्नालिको जनजिवन प्रभावित

7
SHARES
15
VIEWS

कालीकोट। भारी वर्षा संगै हिमपातपछि कर्नालिका हिमालि जिल्लामा चिसो बढेको छ । कर्नालि प्रदेशका हुम्ला,डोल्पा,जुम्ला, मुगु र कालीकोट लगाएतका जिल्लामा चिसो बढे सँगै यहाँको जनजीवन कष्टकर बन्न थालेको छ ।
कर्नालिका उच्च हिमाली जिल्ला भएकाले यहाँका जिल्लामा हिमपातपछि सो क्षेत्रमा चिसो बढेर जनजीवन कष्टकर बन्दै गएको हो । अहिले विभिन्न जिल्लाहरुमा पानि परेर हिमपात समेत भएको बताइएको छ ।

जुम्लाका स्थानियका अनुसार लेकालि भागमा हिमपात भएको र बजारमा समेत पानि पर्दा जिवन कष्टकर भएको बताइएको छ । हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ ।
हिउँदयाम शुरु भएसँगै हुम्ला,डोल्पा,जुम्ला तथा अन्य जिल्लाहरुमा अत्यधिक चिसो हुने गर्छ । मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोट,चन्द्रनाथ,गामगडीको तापक्रम माइनसमा झरेको छ ।चिसो बढ्न थालेपछि यहाँका समुदायहरुले बाक्लो कपडा खरिद गर्न थालेका छन ।

कालीकोटको माथिल्लो क्षेत्र तिलागुफाको फाईमहादेव,रांचुलिमा समेत चिसो बढेको स्थानियले बताए । अहिले विगत वर्षको तुलनामा चिसो बढेको छ । स्थानियहरुले आगो बालेर ताप्न थालेका छन भने नाग्म लगाएतका ठाउँमा कपडाको व्यवस्थापन गर्न थालेको स्थानिय प्रेम बुढाले बताए ।

जिल्ला सदरमुकाममा समेत चिसो बढेको स्थानियको भनाई रहेको छ । अहिले पानि परिरहेको स्थानिय जयकृष्ण आचार्यको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित