पचालझरनामा नेकपा(माओवादी केन्द्र)को घरदैलो अभियान

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ पालिकाको प्रथम सम्मेलन पछि घरदैलो अभियान शुरु भएको छ । बुधबार पचालझरना गाउँ पालिका वडा न.१सिकुमा घरदैलो अभियान शुरु भएको बताइएको छ ।नेकपा(माओवादी केन्द्र)को महिला नेतृ तथा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,पचालझरना गाउँ कमिटि बरिष्ठ सदस्य ऐन बहादुर खड्का लगाएतको उपस्थितिमा अभियान अघि बढेको बताइएको छ ।

१ नम्बर वडा कमिटि अध्यक्ष गोकुल खड्काको अध्यक्षतामा शुरु भएको घरदैलो अभियानमा संगठन सुदृढ तथा नियमित लेवि लगाएतका विषयमा छलफल गरिएको बताइएको छ ।सोही क्रममा नेकपा(एमाले) परित्याग गरी धिरेन्द्र बहादुर शाही नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेको बताइएको् छ ।

पहिलो पटक प्रथम सम्मेलन गरेको नेकपा(माओवादी केन्द्र)को सम्मेलन पछि जनस्तरमा सकरात्मक सन्देश दिन घरदैलो अभियान शुरु गरिएको उपाध्यक्ष तारा न्यौपानेले बताउनु भएको छ । पचालझरना गाउँ पालिकाका अन्य वडाहरुमा समेत घरदैलो अभियान शुरु भएको र आगामि मंसिर २५ गते कर्नालि प्रदेशमा हुने सम्मेलनमा सुझाव लिएर जाने बताइएको छ ।

पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विकका अनुसार निर्वाचित पहिलो गाउँ कमिटि बैठकले घरदैलो अभियान थालनि गर्ने निर्णय अनुसार सो अभियान शुरु गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित