माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौमा हुने

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

आज बसेको केन्द्रिय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले आगामि पौष ११देखि १३ गतेसम्म  काठमाडौको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भएको छ ।

स्थायी कमिटी बैठकले यहि मंसिर २५ गते सबै प्रदेशमा प्रदेश सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट गर्ने  प्रबक्ता महराले बताउनु भयो ।

बैठकमा पार्टीको वडा,गाउँ सम्मेलन सफलता साथ सम्पन्न पछि प्रदेश तथा केन्द्रिय सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलन लगाएतका निर्णयका लागि शुक्रबार फेरी बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित