प्रेस सेन्टरको चौथो राष्ट्रिय अधिवेशन चितवनमा हुने,को को छन अध्यक्षको आकांक्षि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट प्रेस संगठनको चौथो महाधिवेशन शनिबार चितवनमा शुरु हुने भएको छ ।

संगठनको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु चितवन पुग्ने क्रम शुरु भएको छ । देशभरका पालिका,जिल्ला हुंदै प्रदेश सम्मेलन सम्पन्न गरेको प्रेस सेन्टरले शनिवार राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । अहिले चितवनमा आयोजक समिति पुगि सकेको छ भने अन्य जिल्लाहरुबाट आउने क्रम जारी रहेको आयोजक समितिका सदस्य देविराम देवकोटाले बताउनु भयो ।

यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । प्रेस सेन्टरका अनुसार संगठनका केन्द्रिय नेताहरु छलफलमा व्यस्त रहेका छन । यस पटकको महाधिवेशनबाट सचिन रोका र विष्णु साप्कोट अध्यक्षका आकांक्षि रहेको बताइएको छ ।

अहिले प्रेस सेन्टरमा महेश्वर दाहाल संयोजक रहेका छन ।दाहाल स्थापना काल देखी संगठनको केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित