पचालझरनामा सडक अनुगमन गर्दै गा.पा.अध्यक्ष सेजुवाल र पार्टी अध्यक्ष प्रमोद

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा नम्बर १ र २ जोड्ने कृषि सडकको अनुगमन गरिएको छ ।गएको कार्तिक महिनामा आएको वर्षाले क्षेतबिच्क्षेद भएको सडकको अबस्था बुझ्न आज गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल र नेकपा माओवादी केन्द्र पचालझरना अध्यक्ष पौरख बिक सहितको टोलिले अनुगमन गरेक हो । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा देखि अल्के हुँदै धमाली र सिकुको सडकको अबस्थाका बारेमा अनुगमन गरिएको बताइएको छ । सो अनुगमनका क्रममा खरकोटको वस्तिमा वर्षाले पुगाएको क्षेतिका बारेमा बुझ बिस्तार गरिएको र अब निकट भबिस्यमा सडक संगै गाउको अवस्थालाई तत्काल राहत हुने गरि काम गर्ने र सडक सुचारु हुने बताउदै गाउँ पालिका अध्यक्ष सेजुवालले काम सुचारु गरेको बताउनु भएको छ । अहिले सो स्थानमा डोजर मार्फत मर्मत गर्न लगाइएको अध्यक्ष सेजुवालले बताउनु भयो । गएको वर्ष उक्त सडक उद्घाटन गर्ने तयारी भएपनी समयमा काम सम्पन्न नहुदै वर्षा ऋतुमा बन्द भएको थियो ।अहिले पचालझरना गाउँ पालिकाका सबै वडामा सडक संजाल जोडिएको भएपनी वर्षाले अबरुद्ध भएको सडक सुचारु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित