तिलागुफामा संघिय सांसद रावत द्धारा विद्यालय र वडा कार्यालयको भवन एक साथ उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । संघिय सांसद दुर्ग बहादुर रावत द्धारा तिलागुफा नगरपालिकाको वडा न. ११ चिल्खायामा एकै साथ वडा कार्यालय र विद्यालयको भवन उद्घाटन गर्नु भएको छ ।

संसद विकास कोषबाट २० लाख लगानिमा निर्माण सम्पन्न भएको सरस्वति आधारभुत विद्यालयको दुई कोठे भवन र तिलागुफा नगरपालिकाको ३५ लाख लगानिमा वडा नम्बर ११को २ तले भवनको एक साथ उद्घाटन गर्नु भएको हो ।

तिलागुफा नगरपालिकाका घर भएका सांसद रावतले विकासमा एक पछि अर्काे व्यवस्थापन गरेकोमा चिल्खाया बासिले सांसद रावतलाई धन्यवाद दिएका छन । उक्त भवन उद्घाटन कार्याक्रममा तिलागुफा नगरपालिका प्रमुख रतन बहादुर शाही लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको बताइएको छ ।

सांसद रावतले विकास सम्पन्न गर्नु ठुलो कुरा नभई संरक्षण र संम्बद्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित