मनमोहनमा प्राबिधिक शिक्षा र आबश्यक्ता बिषयक अनेरास्ववियुको अन्तरक्रिया

7
SHARES
15
VIEWS

काठमाडौ । मनमोहन मेमोरियल कलेजमा अध्ययनरत विद्यार्थी र अनेरास्विवियूको विचमा  “प्राविधिक शिक्षा आजको आवश्यकता” विषययक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेकपा( एकीकृत समाजवादी) निकट अनेरास्ववियूले अन्तरक्रिया गरेको हो। अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष माधब पन्तको आतिथ्यमा सो कार्यक्रम भएको हो त्यस कार्यक्रममा केन्द्रिय सचीव रमेश बटाला,स्थायि कमिटी सदस्य तथा सिटिइभिटी उपत्यका अध्यक्ष मनसिह धामी लगाएत विद्यार्थी नेताहरूको उत्साहजनक उपस्थितिका विच भएको कार्यक्रम भएको बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थी हक, अधिकार प्राप्ति र संरक्षणको पक्षमा वकालत गर्न प्रथम सम्मेलन समेत गरिएको छ  ।हिक्मत प्रतिकको अध्यक्षतामा ७५ सदस्सीय प्रारम्भिक कमिटी निर्माण गरिएको मानसिंह धामिले बताउनु भयो । नव गठित कमिटीमा आवद्ध विद्यार्थीले आफ्ना अधिकार र कर्तब्यलाइ आत्मसाथ गर्दै अघि बढ्ने  अपेक्षा सहित वधाई एवं सफल कार्यकालको शुभकामना  व्यक्त गरेको धामिको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित