पचालझरनालाई सरसफाई युक्त पालिका बनाउन “हाम्रो आंगन हाम्रो सरसफाई” अभियान शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकालाई पूर्ण सरसफाए युक्त गाउँ पालिका बनाउन अभियान शुरु गरिएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खड्गाराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा अभियानको शुरुवात गरिएको हो । शनिवार पचालझरना गाउँ पालिकाको वडा न. ४को लाफा गाउँबाट सरसफाई गर्ने हेतुले उक्त कार्यक्रम शुरु गरिएको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाले आर्थिक वर्ष २०७८÷०७९मा पचालझरना गाउँ पालिकालाई “हाम्रो आंगन हाम्रो सरसफाई” अभियान शुरुवात गर्ने योजना बनाएको थियो । सोही अनुसार कार्यक्रम अघि बढाएको पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले बताउनु भएको छ ।

सोही कार्यक्रममा वडा न. ४का जेष्ठ नागरिकलाई न्यानो कम्मल वितरण गरेको बताइएका्े छ ।

पचालझरना गाउँ पालिकाको महिला वालवालिका तथा जेष्ठनागरिक शाखाको आयोजनामा गाउँ पालिकाका ९० जना जेष्ठनागरिकलाई न्यानो कम्मल वितरण गर्ने योजना अनुसार लाफामा पचालझरना गाउँ पालिका वडा न.४का १० जना जेष्ठनागरिकलाई कम्मल वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित