अब द्धन्द्ध पिडितको पहिचान खुल्ने गरी परिचय पत्र दिन सवोच्चको आदेश

7
SHARES
15
VIEWS

काठमाडैँ । सर्वोच्च अदालतले दश वर्षे सशस्त्र द्वन्द्व पीडितको नाम राखेर मात्रै परिचयपत्र वितरण गर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले द्वन्द्व पीडितलाई दिइन लागेको परिचयपत्रमा पीडितको स्पष्ट पहिचान आउने गरी संशोधन गरेर मात्र जारी गर्न सरकारका नाममा अन्तरिम आदेश गरेको हो ।

‘पीडित परिचयपत्रको ढाँचामा पीडितकै भनाइ बमोजिम उपरोक्त कुराहरु कमी भएको महसुस गरिएको र सोलाई समेत समेटेर पीडित परिचयपत्र बनाउन पर्ने देखिएको छ’, आदेशमा भनिएको छ, ‘हाल बनेको परिचपत्रको ढाँचामा निवेदकद्वारा उल्लेख गरेको थप बुँदालाई गम्भीरतापूर्वक मनन गरी पुनरावलोकन गरेर निवेदकले उल्लेख गरेको उपरोक्त बुँदालाई समेत समेटेर परिचयपत्र बनाउनू ।’भन्ने कुरा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित