कालीकोट । शुक्रबार आगलागिमा परेर घाईते भएकी रास्कोट ९ निवासि रामसरा बुढाको उपचारमा लिदै गर्दा बाटोमा मृत्यु भएको छ ।
आगलागिमा परेर घाईते भएकी बुढाको रास्कोट अस्पतालमा उपचार हुन नसक्दा सुर्खेत लैजाने क्रममा शनिवार विहान दैलेख जिल्लाको तल्लोडुंगेश्वरमा मृत्यु भएको आफन्त नवराज बुढथापाले बताए ।
आागलागिबाट टाउको हात र खुट्टा जलेको अवस्थामा बाटोमा निधन भएकी रामसरालाई उपचारमा लिदै थियौं बाटोमा निधन भएको हो पोष्टमार्टम पछि दाहसंस्कार गरिने बताइएको छ । रास्कोट नगरपालिकाको वडा न. ९को थोल्मको मेलामा घांस काट्ने गएका स्थानिय महिलाले लाइटर बाल्ने क्रममा आगलागि भएर अन्य महिला भागेका तर कान कम सुन्ने रामसराले पत्तो नपाएपछि आगलागिमा परेको बताइएको छ ।
स्थानिय जगदिश सुनारका अनुसार रास्कोट अस्पतालमा उपचार नहुंदा सुर्खेत रिफर गरिएको थियो ।
Discussion about this post