नेपालीको पहिचान परम्परागत संस्कृति संरक्षण हो : प्रचण्ड

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक नेपालीको पहिचान भनेका उसको परम्परागत संस्कृति भएको बताएका छन् ।

किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा नेपाली किरात र ज्यापू समुदायका लागि शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,’ प्रचण्डले आज आइतबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको प्रचण्डको दाबी छ । ‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो,’ उनले भनेका छन् ।

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको बताउँदै प्रचण्डले नेपाली पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित