कालीकोटमा कृषि क्षेत्र विकासमा नयाँ आयम थप्दै एएसडिपि

7
SHARES
15
VIEWS

कालीकोट ।खांडाचक्र नगरपालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा संचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत संचालित कृषि क्षेत्र विकास कार्यक्रम(एएसडिपि)को आयोजना तथा खाांडाचक्र नगरपालिकाको समन्वयमा सो कार्यक्रम गरिएको हो ।

कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र त्यसको नियमन सम्बन्धी अधिकार र जिम्मेवारी स्थानीय सरकारमा निहीत रहेको छ । सोही अनुसार कृषकहरुलाई स्थानीय स्तरमा कृषि प्रसार सम्बन्धी सामुदायिक र व्यावसायिक सेवा प्रवाहको जग बसाल्न सामुदायिक कृषि प्रसार सेवा केन्द्रहरु स्थापना हुन थालेका छन । खाांडचक्र नगरपालिका र कृषि क्षेत्र विकास कार्यक्रमको साझेदारीमा स्थापना गरिएको कृषि प्रसार सेवा केन्द्रले कृषिमा नयाँ आयाम थप्ने कृषि क्षेत्र विकास कार्यक्रमका प्राविधिक अनिपाल ऐडीले बताए ।

कृषि क्षेत्र विकास कार्यक्रम र खांडाचक्र नगरपालिकाको सह लगानीमा वडा नं ३ ताडीमा केन्द्र हुनेगरी सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिएको छ । त्यसै गरी तिलागुफा नगरपालिका वडा न.७, छाप्रेमा पनि कार्यक्रम संचालन भएर काम सुरु भएको बताइएको छ । कृषि प्रसार सेवा केन्द्र स्थापना तथा अभिमुखिकरण कार्यक्रममा खांडाचक्र नगरपालिका वडा न. ३का अध्यक्ष महाविर पाण्डेको अध्यक्षता तथा नगरप्रमुख जसि प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको छ । त्यसै गरी नगर उपप्रमुख विजया विष्ट,कृषि शाखा प्रमुख पशुराम काफ्ले लगाएत विभिन्न वित्तिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमबाट सेवा प्रदायकको तर्फबाट सह अध्यक्ष सहित ५ जना र कृषकहरुको तर्फबाट सह अध्यक्ष सहित ५ जना गरी १० जनाको सामुदायिक कृषि सेवा केन्द्र संचालन समिति गठन गरिएको छ । सेवा प्रदायकको तर्फबाट सह अध्यक्षमा प्रमे विक र कृषकबाट राजेन्द्र पाण्डे सह अध्यक्षमा चयन गरिएको बताइएको छ । यसको कार्यकाल छ÷छ महिनामा फेरबदल गरिने कृषि क्षेत्र विकास कार्यक्रम कालीकोटका फिल्ड कृषि अधिकृत निर्पराज जोसी ले बताए ।

उनका अनुसार यस कार्यक्रमले जिल्लाका खांडाचक्र ,तिलागुफा र रास्कोट नगरपालिकाका कृषकहरु संग उत्पादन र बजारीकरणलाई मध्यनजर गर्दै कार्यक्रम गर्दै आएको छ । रास्कोट नगरपालिकामा कृषि प्रसार सेवा केन्द्र स्थापना गरिने बताइएको छ ।

कर्णाली प्रदेशका १० जिल्लाका ४७ वटा स्थानिय तहहरु र कृषि क्षेत्र विकास कार्यक्रम(एएसडिपि)बीच समझदारी भइ कार्यक्रमले नाफामूलक कृषि मूल्य शृंखला बाली वस्तुको पहिचान तथा छनोट, बालीवस्तुको मूल्य शृंखला विकासको लागि कृषकहरु संग सह लगानी, मुल्य शृंखलासंग प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सहलगानी, ग्रामिण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभागितामुलक साथै बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा सहजिकरणका साथै सहयोग गर्दै आएको बताइएको छ ।
कृषि क्षेत्र विकास कार्यक्रमको सहयोग तथा सहजीकरणमा हालसम्म कालीकोटको खांडाचक्र र तिलागुफा नगरपालिकामा १÷१ वटा,सुर्खेतको लेकबेशी नगरपालिकामा २, दैलेखको भगवतीमाई गाउँपालिकामा २, जाजरकोटको नलगाड नगरपालिकामा १ वटा,रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १ र सल्यानको सिद्धकुमाख गाउँपालिकामा १ गरी जम्मा ९ वटा सामुदायिक कृषि प्रसार केन्द्रहरु स्थापना गरिएको बताइएको छ । यस आर्थिक वर्ष २०७८ र ०७९ मा विभिन्न पालिकामा गरी थप ४१ केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिइएको कृषि क्षेत्र विकास कार्यक्रमका प्रदेश संयोजक भोजराज साप्कोटाले बताए ।
सामुदायिक कृषि प्रसार सेवा केन्द्रको मुख्य उदेश्यहरुमा कृषकहरुको लागि सामुदायिक र व्यावसायिक कृषि प्रसार सेवा प्रवाहको व्यवस्था मिलाउने , स्थानीयस्तरमा कृषक कृषि समूह र कृषि सेवा प्रदायकको प्राविधिक र संस्थागत क्षमताको विकास गर्ने , केन्द्रबाट प्रवाह गरिने कृषि प्रसार सेवाको मुल्य निर्धारण गर्ने र गुणस्तरको अनुगमन गर्ने , कृषक र सेवा प्रदायक बीच समन्वय , सहकार्य र सम्बन्ध स्थापित गराउने , संघ, प्रदेश र पालिकासंग समन्वय गरी कृषकहरू लाई लक्ष्यित गरि संचालन गरेका कार्यक्रमहरुको कार्यनयन र प्रचारप्रसार गर्ने , बहुल संस्थाको संलग्नता र सहकार्यमा स्थानिय कृषि उपजको बजारीकरण संयन्त्रको विकास र सवलीकरण गर्ने तथा कृषकको मागमा आधारित व्यावसायिक कृषि प्रसार सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित