सान्नित्रीबेणि सरकारले सहकारीलाई कडाइ गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकाले सहकारी संस्था तथा कृषक समुहलाई व्यवस्थित गर्न थालेको छ । कर्नालि प्रदेश सरकारले गरेको एक हप्ते सहकारी व्यवस्थापन तालिम पछि सान्नित्रिवेणिमा रहेका सहकारी तथा कृषक समुहलाई निश्चित मापदण्ड तयार गरेर व्यवस्थित गर्न शुरु गरिएको बताइएको छ ।

गाउँ पािलकामा रहेका सहकारी,कृषक समुह तथा फर्महरुलाई सिफारिस लिन आउदा अनिवार्य रुपमा कार्यालय स्थापना भएको,कर्मचारी रहेको,वार्षिक साधारण सभा तथा लेखापरिक्षण भएको,करचुक्ता गरेको लगाएतका मापदण्ड तयार गरेर जानकारी गराएको सहकारी हेर्ने धिरेन्द्र धामीले बताए ।

उनले भने तपसिलका आवश्यक विवरण भएपछि मात्र सिफारिस लगाएतका अन्य सेवासुविधाहरु उपलब्ध गराउने बताए । यसो गर्दा झोले सहकारी र समुहहरुको ठेगान लाग्ने बताइएको छ ।

के के छन माफदण्डहरु

(१) कार्यालय स्थापना
(२) कार्यालयको बोर्ड
(३) कर्मचारी नियुक्ति गरेको हुनु पर्ने
(४) प्रत्येक बर्ष साधारण सभा गरेको
(५) प्रत्येक बर्ष लेखापरीक्षण वा अडिट रिपोर्ट
(६) प्रत्येक बर्ष करचुक्ता गरेको
(७) संचालक समिति वा समितिको बैठक निर्णय
(८) संस्थाका आधारभुत सबै खाता हुनु पर्ने
जगेडा कोष खाता
दैनिक आम्दानी वा बचत खाता
ऋण लगानी खाता
शेयर लगानी बितरण खाता
शेयर धनिको तीन पुस्ते बिवरण खाता
नाफा नोक्सान खाता
बासलात वा दायित्व /शेयर पुजि खाता
अन्य सबै खाता हुनु पर्ने छ ।
(९) बैंक खाता संचालन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित