‘तोक्मेको चलचित्र ‘आकाशे खेती’प्रर्दशनमा आउँदै

7
SHARES
15
VIEWS

काठमाडौं । तोक्मे बुढाको नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को प्रदर्शनमा आउने भएको छ । पहिलो लुक्स काठमाडौंमा सार्वजनिक गरिएको छ । एसएस इन्टरनेशनलको प्रस्तुतिमा रहेको हास्य कथामा आधारित तयार गरिएको चलचित्रमा सामाजिक परिवेशमा बाहिर ल्याउन खोजिएको छ । हास्य प्रधानरुपमा समेटिएको चलचित्र फागुन २७ गते प्रर्दशन गरिने निर्देशक उदय सुब्बाले उक्त कार्यक्रममा बताएका छन ।

उनका अनुसार चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी,बुद्धि तामाङ, निता ढुङ्गाना ,शिशिर वाङदेल,  रवीन्द्र झा, लक्षु शर्मा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु, प्रकाश शर्मा,कृषा गुरुङको अभिनय समावेश छ ।

राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन, विक्रम डिसीको छायाँकन, रामजी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित