प्रभात चलाउने सहित दर्जनौ पत्रकार माओवादी केन्द्रमा धुर्बिकृत

7
SHARES
15
VIEWS

काठमाडौ । नेकपा(माओवादी केन्द्र)निकट प्रेस सेन्टर र बिप्लव नेतृत्वको क्रान्तिकारी पत्रकार संगठन बिच एकता भएको छ  । आज नेकपा(माओवादी केन्द्र )को केन्द्रिय कार्यालयमा दुई संगठनका बिच एकता भएको हो । उक्त दुई संगठन बिच ३ बुदे सहमतिमा दुबै संगठनका अध्यक्षले हस्ताक्षर गरेर एकता भएको हो । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष दिप बहादुर घर्ती र प्रेस सेन्टरका अध्यक्ष बिष्णु साप्कोटा द्वारा हस्ताक्षरीत सयुक्त प्रेस बिज्ञप्तिमा बैज्ञानिक समाजवादी आन्दोलनमा संगठन र त्यसमा आवद्ध पत्रकार अग्रसर हुने र जनपक्षीय पत्रकारीता र परिवर्तनकारी आन्दोलनमा समान धारणा रहेको र सोही अनुसार लामवद्द हुन सबैलाइ अनुरोध गरिएको छ । क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष दिप बहादुर घर्ती,उपाध्यक्ष सहितका  पदाधिकारीहरु गरेर ४१ सदस्यीय केन्द्रिय समिति समाहित भएको बताइएको छ ।सो संगठनका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सचिब प्रभात चलाउने,दिपेन्द्र रावल लगाएतका पत्रकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)ले अबिर र खादा लगाएर स्वागत गरेका छन ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य

नेपाली समाज रुपान्तरणको आन्दोलनलाई मजबुत बनाउन सम्पूर्ण परिवर्तनकारी शक्ति र जनपक्षीय पत्रकारहरु एक ठाउँमा ध्रुवीकृत हुनुपर्ने आवश्यकता बोध गर्दै, प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच वैज्ञानिक समाजवादी आन्दोलनको अभियानमा दृढतापूर्वक लाग्ने प्रण गर्दै निम्न सहमति गरेका छौँ ।
१. नेपालको जनपक्षीय पत्रकारिता र परिवर्तनकारी आन्दोलन लगायतका सम्बन्धमा दुवै संगठनको समान धारणा रहेको छ ।
२. जनपक्षीय पत्रकारितामा क्रियाशील पत्रकार संघ÷संगठनहरुको धु्रवीकरण हुनुपर्नेमा दुवै संगठन एकमत छौँ ।
३. प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार संगठन, नेपालबीच एकता गर्न सहमत भएका छौँ । यो ध्रुवीकरणको अभियानमा सहभागी हुन जनपक्षीय पत्रकारितामा क्रियाशील सबै संघ संगठन र सञ्चारकर्मीहरुलाई आग्रह गर्दछौँ ।

१० पुस २०७८

विष्णु सापकोटा ‘जुगल’                     दिपबहादुर घर्ती
अध्यक्ष                                              अध्यक्ष
प्रेस सेन्टर नेपाल,                 क्रान्तिकारी पत्रकार संगठन नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित