प्रकाण्डले गृह जिल्लाका केन्द्रिय नेतालाई देशै भर किन पठाए ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा—माओवादी(बैद्य)बाट विद्रोह गरेर नेकपा माओवादी हुंदै नेकपा गठन गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले आफ्नो जिल्ला कालीकोटका ९ जना केन्द्रिय सदस्यलाई देशै भर फैलाएका छन । उनले आफु निकट मानिने कालीकोट जिल्ला रास्कोट नगरपालिका ७ फुकोट निवासि भरत बम(रणविर)लाई सिन्धुलिर रामेछाप जिल्लाको इन्चार्ज बनाएका छन ।

त्यसै गरी रास्कोट नगरपालिका ३ निवासि लोकजंग शाही(समर) रौतहट र सर्लाहीको जिल्ला इन्चार्ज बनाएका छन भने रास्कोट नगरापालिका ३ सिपखाना निवासि विवेक कुमाललाई उदयपुर र ओखलढुंगाको इन्चाज सिपको जिम्मेवारीमा पठाएका छन । त्यसै गरी पूर्व राज्यमन्त्रि तथा नरहरिनाथ २ कोटबाडा निवासि नविन विक(हितमान)लाई ललितपुर र भक्तपुरको जिम्मेवारी दिएको छ भने नरहरिनाथ गाउँ पालिका ८लालु निवासि जोखिम बोहोरालाई पांचथर र  ताप्लेजुंग पठाइएको छ ।

अनेमसंघ(क्रान्तिकारी)की केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा रहेकी पूर्व सांसद रास्कोट नगरापालिका ८ निवासि धिरिन्द्रा उपाध्याय(भृकुटी)लाई पाल्पा र गुल्मिको जिम्मेवारी दिएको बताइएको छ ।

लामो समय भेरी कर्नालिको जिम्मेवारीमा रहेका नरहरिनाथ गाउँ पालिका ३ निवासि एटम विसि भने सुर्खेत र दैलेखको जिम्मेवारीमा रहेका छन । एकिकृत जनक्रान्तिको तुफानि केन्द्र रहेको कालीकोट र जुम्ला जिल्लाको इन्चार्जमा रास्कोट नगरपालिका ७ निवासि कर्ण भण्डारी (विराट)लाई जिम्मेवारी दिएको छ ।नरहरिनाथ गाउँ पालिका २ कोटबाडा निवासि डण्डमान विक (वलवान)लाई सिराह/सप्तरीको जिम्मेवारी दिएको छ ।
केपि वलिले प्रतिबन्ध लगाएपछि गृहजिल्लाका केन्द्रिय सदस्यहरुलाई देशभर फैलाएको छ । नेकपाको दोस्रो तहका नेताका रुपमा रहेका प्रकाण्डले आफ्नो पकड कायम गर्न र राजनैतिक वातावरण बनाउनका लागि भएपनि नेताहरुलाई देशभर पठाइएको हुन सक्ने बताइएको छ ।

यस संबन्धमा नेकपाका एक नेताले त्यसो नभई पाटीको आवश्यक्तामा देशभर जानु परेको तर भने जस्तो आफु निकट नेता बनाएरु गुटको राजनैतिक आफ्नो पार्टीमा संसदवादी राजनैतिकको अवशेष नभएको उनको भनाई रहेको छ । कालीकोट जिल्लाबाट हाल विप्लव नेकपामा प्रबक्ता प्रकाण्ड सहित १० जना केन्द्रिय सदस्य रहेका छन । अन्य पार्टीमा त्यो संख्या रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित