सुर्खेतमा प्रकाण्डको उपस्थितिमा बिप्लव नेकपाको अगुवा कार्यक्रता प्रशिक्षण शुरु

7
SHARES
15
VIEWS

सुर्खेत ।बिप्लव नेतृत्व को नेकपाले सुर्खेतमा  कार्यक्रता प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।नेकपाका प्रबक्ता खड्ग बहादुर बिक” प्रकाण्ड”को उपस्थितिमा प्रशिक्षण कार्यक्रम शुरु भएको बताइएको छ ।

सो प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि लेकवेशी नगरपालिका वडा सचिव देखि सदस्य सम्मका ११ जना नेकपामा प्रवेस गरेका छन ।
प्रवेस गर्नेहरुमा वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली र गोकुल सार्की रहेका छन । नवप्रवेसीहरुलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगायर स्वागत गर्नु भएको छ ।
सुर्खेत जिल्ला सेक्रेटरी गणेश बोगटी”धुर्ब”को अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा पूर्वी सुर्खेतका सेक्रेटरी मिना चलाउनेले संचालन गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एटम बिसि सहितका नेताहरु सहभागी रहेको बताइएको छ  ।
सुर्खेतको पूर्वी जिल्ला र पश्चिम जिल्ला गरि दुई जिल्लामा विभाजन गरेको नेकपाले दुवै जिल्लाका अगुवा कार्यकर्ताहरु विच आन्तरिक संयुक्त प्रशिक्षण शुरु गरेको हो ।प्रशिक्षण कार्यक्रममा कार्यक्रताले रिपोर्ट राख्न शुरु भएको छ । प्रशिक्षण कार्यक्रमका लागि नेकपाका प्रबक्ता खड्ग बहादुर बिक”प्रकाण्ड” मंगलबार सुर्खेत आउनु भएको थियो ।प्रतिबन्ध पछि पहिलो पटक सुर्खेतमा नेकपाले पत्रकार सम्मेलन गरेर आफ्ना बिचार बाहिर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित