कालीकोट । कर्नालि प्रदेशका उच्च हिमालि जिल्लामा वर्षा संगै आएको हिमापतले कृषकहरुमा खुशियालि छाएको छ । हिंउदमा लामो समय सम्म पानि नपरेर सुक्न लागेको हिंउदे वालिलाई राहत भएको कृषकहरुले बताएका छन । सान्नित्रिवेणिका कृषक पुल्ति संज्यालले पानि परेपछि लगाएको गहुं वालि उत्पादन हुने आशा गरेकी छन ।
कालीकोट जिल्लामा ६० प्रतिशत भुमि आकाशे पानिको भरमा रहेकाले हिंउदे वालिमा आकाशे पानिको भरमा खेति हुने गरेको कृषकहरुको भनाइ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि मौसममा सुधार आउने अनुमान गरेको छ । बिहीबार बिहान देशभर आंशिक मौसम छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।
गत आइतबारदेखि क्रमशः पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भयो भने त्यधिक चिसो बढ्दा जनजीवन समेत प्रभावित बनेको छ ।
Discussion about this post