भेरीमा कालीकोटका ४ जनाको निस्सासिएर मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । नेपालगंजको भेरी अस्पतालमा ४ जनाको निस्सासिएर मृत्यु भएको छ । कालीकोट जिल्ला खडाचक्र नगरपालिका ६ निवासी २३ वर्षीय धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा  धनप्रसाद भट्टराई, उहाँकी ४५ वर्षीया आमा कोकिला भट्टराई, २७ वर्षीया दिदी नन्दकली र उहाँका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
नेपालगन्ज स्थित कर्नाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

त्यसै गरी धनप्रसादकी २४ वर्षीया श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र १८ वर्षीय भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको बताइएको छ ।

बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित