कालीकोट ।नेकपा( माओवादी केन्द्र)का कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बुधबार राती भएको दुखद घटना कसरी, के कारण, कसले घटायाे छानबिन हुनु पर्ने बताउनु भएको छ ।घटनामा लापरबाही हो या योजना बद्ध गरिएको हो भन्ने कुराको अनुसन्धान गरिनु पर्ने बताउनु भएको हो । अध्यक्ष सेजुवालले कारण कस्को हो खाेजि गरेर पिडित परिवारले न्याय पाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष सेजुवालले घाईतेकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गर्नु भएको छ । नेपालगन्ज बस्नुहुने सम्पूर्ण कर्नालि बासि बिषेश गरी कालीकाेट बासि एकजुट हुन अनुरोध समेत गर्नु भएको छ ।सत्यतथ्य छानबिन गरि काेहि दाेसि ठहरिय कडाइसाथ कार्बाहि गराै भन्दै आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । भेरी अस्पलातमा कालीकोट जिल्ला खांडाचक्र नगरपालिका ६ निवासी धन प्रसाद भट्टराई सहित एका घरका ४ जनाको मृत्यु भएको थियो ।
Discussion about this post