कालीकोट । शहरी बिकाश मन्त्रालय अन्तरगत नगर बिकाश कोष संचालकमा रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बमलाइ मनोनयन गरेको छ । नेपाल सरकार मन्त्री परिषदले पौष १४ गतेको निर्णय अनुसार आगामी दुई वर्षको लागि बमलाइ मनोनयन गरेको बताइएको छ । मन्त्रालयको मातहतमा रहेको नगर बिकाश कोष ऐन २०५३ दफा १४ को उपदफा २(घ)बमोजिम बमलाइ दुई वर्ष सम्म कार्यकाल हुने गरी उपसचिव टिकाराम ढकाल द्वारा मनोनयन गरिएको पत्र प्रदान गरिएको छ । कोषले नगरपालिकाको बिकाशका लागि विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको छ ।कोष संचालक समेत रहेकी मिमसरा बम नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।
Discussion about this post