रास्कोटमा बिप्लव नेकपा सम्बद्घ भातृ संगठनको सयुक्त भेला

7
SHARES
15
VIEWS

कालीकोट।बिप्लव नेतृत्वको नेकपा सम्बद्घ भातृसंगठनको सयुक्त भेला उद्घाटन गरिएको छ ।

भातृसंगठनमा आबद्ध नेता तथा कार्यक्रताको उपस्थितिमा नेकपाका केन्द्रिय सदस्य कर्ण बहादुर भण्डारी( बिराट)को प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)को समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा शिक्षक संगठनका देबराज चौलागाइ,महिला संगठनकि छाया बिक,युबा संगठनका मिनेश ऐडी लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

सो भेलाले युबा संगठन, महिला र दलित संगठनको नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।सो भेलालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कर्ण भण्डारीले देशको अस्तित्व समाप्त पार्ने गरि एमसिसी सम्झौता गर्न लागेको बताउदै संसदिय राजनैतिक दललाइ चुनौती दिनु भएको छ ।

साथै भण्डारीले अबको निकाश भनेको जनमत संग्रह भएकाले एक पटक जनतालाई फैसला गर्ने अधिकार दिन आग्रह समेत गर्नु भएको छ । सो भेलामा जिल्ला सेक्रेटरी मनिलाल ऐडी( रणदिप)ले समेत सम्बोधन गर्नु भएको थियो ।

भेला उद्घाटन अघि रास्कोट नगरपालिकाको आरसिपी र्‍याली सहित बजार परिक्रमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित