पचालझरनामा शहिद स्मृति आवसिय विद्यालयमा पठन पाठन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको कोटिलामा रहेको शहिद स्मृति आवासिय विद्यालयमा पठन पाठन शुरु भएको छ , पहिलो चरणमा पचालझरना गाउँ पालिकाको वडा न. ९को कालिका आधारभुत विद्यालय र कर्णालि आधारभुत विद्यालयबाट कक्षा ५ देखि ९ सम्मका विद्यार्थिह भर्ना गरेर पठन पाठन शुरु भएको छ । कर्नालि प्रदेश सरकारको पहलमा निर्माण गरिएको भवनमा कक्षा ५ देखि ९ सम्मको पढाई शुरु गरिएको स्थानियले बताएका छन ।

अहिले आवासिय विद्यालयमा पठन पाठन शुरु गरिएको र आउने आर्थिक वर्ष देखि जनयुद्धका क्रममा शहिद,वेपत्ता तथा घाईतेहरुका वालवालिकाहरुलाई आवास सहितको व्यवस्थापन गर्ने योजना अनुसार भर्ना शुरु गरिने बताइएको छ ।

अहिले शहिद आवासिय विद्यालयमा कालीका आधारभुत विद्यालयबाट र्शकर संज्याल,बसन्त बहादुर शाही, र ललिता शाहीलाई काज सरुवा गरिएको छ भने त्यसै गरी कर्णालि आधारभुत विद्यालयबाट राधेश्याम चौधरी र प्रेम दर्जिलाई सरुवा गरिएको हो ।अहिले कालिका र कर्णालि आधारभुत विद्यालयबाट १ सय २४ जना र छात्र छात्राहरु भर्ना गरिएको शिक्षक शंकर संज्यालले बताउनु भएको छ । वहाँका अनुसार आउदो शैक्षिक सत्र देखि व्यवस्थित गरेर पठन पाठन शुरु गर्ने योजना रहेको बताउनु भयो ।

जिल्लाभरका शहिद वेपत्ता तथा घाईते परिवारका वालवालिकाहरुको सम्पूर्ण व्यवस्थापन गर्ने गरी शहिद स्मृति आवासिय विद्यालय संचालन गर्ने योजनाका साथ विद्यालय संचालन गर्ने खोजेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित