माओवादी केन्द्रको केन्द्रिय लेखा आयोग सदस्य बराललाई कालीकोटमा स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित लेखा आयोग समिति सदस्य काशिचन्द्र बराललाई गृह जिल्लामा स्वागत गरिएको छ । महाधिवेशनमा केन्द्रिय लेखा आयोगमा निर्वाचित भएपछि जिल्लामा आइपुग्नु भएका बराललाई युवाहरुले स्वागत गरेका हुन ।

रास्कोट नगरपालिकाका प्रमुख समेत रहेका बराल प्रभावशालि नेताका रुपमा रहेका छन ।पत्रकारीता पेशामा संलग्न हुंदै सामाजिक सेवाका साथै राजनैतिक क्षेत्रमा अग्रणि भुमिका निर्वाह गर्दै आउनु भएका बरालले जिल्लामा हिमचुलि कृषि सहकारी संस्था गठन गरेर सयौंलाई राजेगारी सृजना समेत गर्दै आएका छन ।

नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट कालीकोट जिल्लामा तिन जना केन्द्रिय सदस्य र एक जना लेखा आयोगमा सदस्य निर्वाचित भएका थिए ।

जिल्लाबाट तिनजना केन्द्रिय सदस्य र एक जना लेखा आयोगको सदस्य हुनुमा गौरवानुभुति भएको अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रिय सदस्य भिम आचार्यले बताए ।

उनले भने जिल्लाबाट दुई जना केन्द्रिय सदस्य समेत थप हुनु पर्नेमा जोड दिदै आगामि दिनमा कालीकोटमा माओवादी बलियो हुनेमा दुई मत नभएको बताए ।युवा नेता जस बहादुर शाहीले युवाहरुको तर्फबाट काशिचन्द्र बराललाई अभिनन्दन गर्नुका साथै आगामि पाइला सफलता पुर्वक अघि बढन् बताउदै पार्टी भित्र अनुशासन कायम गर्नमा ठुलो भुमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित