हिमचुलि सहकारीको १३ औं वार्षिक साधारण सभा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट ।जिल्लाको सबै भन्दा ठुलो र व्यवसायिक सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गर्ने भएको छ । व्यवसायिक कृषि उत्पादन र बजारीकरणमा सहभागिता,दिगो र प्रविधि मैत्रि सहकारी हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ शुरु हुन लागेको वार्षिक साधारण सभा सेवा कार्यालय स्तरिय गर्ने भएको छ ।

यस अघि बसेको साधारण सभाको तयारी बैठकले पौष २७ गते कुमालगाउँ सेवा कार्यालयमा १३ औं वार्षिक साधारण सभा शुरु गर्ने बताइएको छ । २०६५ सालमा शुरु भएको सहकारी संस्थाको यो पाचौं अधिवेशन समेत रहेको बताइएको छ ।

संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षतामा आइतवार बसेको बैठकले जिल्लाभर सेवा कार्यालय स्तरिय अर्थात ऐनले तोके अनुसारको व्यवस्था बमोजिम इकाइ भेला गर्ने र त्यसबाट अन्तिममा आएर निणर्य प्रमाणिकरण अर्थात चुनावि साधारण सभा गर्ने अध्यक्ष महताराले बताउनु भएको छ । अध्यक्ष महताराका अनुसार स्थानिय स्तरबाट ऐनले तोके बमोजिम सहकारी प्रतिनिधि छनोट गर्ने र ति प्रतिनिधिहरुको सहभागितामा अन्तिम साधारण सभा समापन गर्ने बताउदै जिल्लामा ७ वटा इकाई बैठक पछि साधारण सभा टुंगोमा पुग्ने बताउनु भएको छ ।

आइतवार बसेको बैठकमा संस्थाका स्थापनाकालका अध्यक्ष तथा संरक्षकका साथै रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले संस्था स्थापना गर्दा आएका चुनौतिको सामना गर्दै अघि बढेको र यहाँ सम्म आइपुगेको बताउदै आगामि दिन अझै तिव्रगतिमा उच्च शाहसका साथ संस्थामा समर्पण भएर लाग्न सबै पदाधिकारी सहितको टोलिलाई अनुरोध गर्नु भएको छ ।

अब सहकारी नयाँ सिराबाट अघि बढ्ने र त्यसका लागि सदस्यहरुको हितानुकुल काम कार्वाही अघि बढ्ने बताउनु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.का हाल १३ हजार बढि सदस्यहरुका साथै जिल्ला भर १० वटा सेवा कार्यालयमा सदस्यमुखि कारोबार गर्दै आएको छ भने रास्कोट र केन्द्रिय कार्यालय मान्ममा आफ्नै भवन समेत निर्माण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित