महावैमा बाढिपिडितलाई हिमचुलि सहकारी द्धारा राहत वितरण

7
SHARES
15
VIEWS

कालीकोट । गएको महिना बाढिपहिरोमा परी ज्यान गुमाएका महावै गाउँ पालिकाका वडा न.६ निवासि बांचु अधिकारीलाई हिमचुलि कृषि सहकारी संस्था लि.सेवा कार्यालय पादमघाट द्धारा राहत वितरण गरिएको छ ।

गएको कात्तिक महिनाको २ गते आएको अविरल वर्षाका कारण बांचु अधिकारीको छोरी स्मृतिको ज्यान जानुका साथै घरमा पूर्ण रुपमा क्षति पुगेकाले जिवन सुरक्षा वापत राहत रकम ५ हजार प्रदान गरिएको सेवा कार्यालयका व्यवस्थापक पुष्प उपाध्यायले बताउनु भएको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई दुर्घटनाबाट मृत्यु भएमा एक लाख,कालगतिले मृत्यु भएमा रु ५ हजार देखि बढिमा १५ हजार,सदस्यको आवास क्षति भएमा रु २ हजार र सुत्केरी राहत वापत ५ सय राहत दिदै आएको संस्थाले जनाएको छ ।
उक्त राहत हस्तान्तण कार्यक्रममा सहकारी संस्था सदस्य लक्ष्मी प्रसाद भटराई,हिमचुलि नेपाली, नेपालि कांग्रेसका वडा पार्टी सभापति जगबिरे सुनार सहित ६ नम्बर वडा कार्यालय सचिव अकल बहादुर शाहीको समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित