फुकोट हाइड्रो पावर हामीहरुका लागि कांशाको थाल हो-अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । फुकोट अर्धजलासाय जलविद्युत आयोजनाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले फुकोट हाइड्रो कालीकोट बासिका लागि कांशाको थाल भएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको लाफामा आज गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले वातावरणिय प्रभाव मुल्यांकन संबन्धि गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै मुआव्जाबाट आएको रकम आत्मनिर्भर हुने गरी लगानि गर्न अुनरोध गर्नु भएको छ ।सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय बासिले आफुहरुले पुख्र्यौलि थलो आयोजनालाई दिएकालदे छिटो वत्ति बाल्न अनुरोध गरेका छन ।

स्थानिय जग बहादुर शाहीले अयोजनालाई सुझाव दिदै भोलिका दिनमा आयोजनाबाट दिने सुविधा जग्गाधनिलाई पहिलो प्राथमिकतामा राख्न समेत अनुरोध गरेका थिए ।उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुलाई आयोजना प्रमुख हिरामान वाइवा,वातावरण विज्ञ शिव शंकर कार्की लगाएतले विद्युत उत्पादन कम्पनिको निति नियमका बारेमा जानकारी गराएका थिए ।

पचालझरना गाउँ पालिका वडा न.४का वडाअध्यक्ष अनरुप रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा लाफा,तिखात्ति,विसखेतका स्थानिय बासिको सहभागिता रहेको थियो ।यस अघि सान्नित्रिवेणि १,२ र खांडाचक्र नगरपालिकाको रेंगिल,सान्नित्रिवेणिको माने बजार,रास्कोटको भात्तडी र पचालझरनाको लाफामा गरी ४ वटा ठाउँमा वातावरणिय प्रभाव मुल्यांकन संबन्धि सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाई  कार्यक्रममा आएका सुझावहरु उर्जा मन्त्रालयमा पठाउने समेत बताइएको छ । उक्त आयोजना ९२ अरव लगानिमा ५ वर्ष भित्र सम्पन्न गर्ने योजना अघि बढेको र जिल्ला बासीले कुल लागतको १० प्रतिशत शेयर लगानि गर्न पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित