विपिनको इन्जिनियर बन्ने रहर अधुरै,१२ दिन देखि सव हस्पिटलमा

7
SHARES
15
VIEWS

कालीकोट । घरमा गरिवि परिवार त्यस माथि अरुको ऋण निकालेर छोरालाई इन्जिनिएर बनाउने रहर बोकेका धन लुवारको छोरा काठमाडौं मै अस्ताए ।

गएको पौष महिनाको २५ गते राति उनको सबै सपना माटोमा मिसिए । साथिहरु संग काठमाडौंको मयालु रोधिघरमा खाजा खानु नै उनको अन्तिम दिन हुन पुग्यो । खाजा खाएर फर्किने क्रममा साहु संग भएको सामान्य विवादले उच्च रुप लिएपछि साहुले बोलाएका युवाको कुटाईबाट बच्न दौडिएपछि टिप्परको ठक्करबाट पचालझरना गाउँ पालिका २ धमालि निवािस विपिन विकको ज्यान गयो । हेर्दा सामान्य जस्तो देखिएपनि रहस्यमय तरिकाले उनको मृत्यु भएको रहस्या बाहिरिएको छ ।

शुरुमा मयालु रोधिघरमा भएको विवादले विपिन लगाएतका तिन जना युवालाई रोधिघरका संचालक पशुपति श्रेष्ठका युवाले कुटपिट गरेको पिडितको आरोप रहेको छ । रोधिघर बाहिर लखेटिएका युवाहरुले आफुलाई जवरजस्त कुटेपछि आफु भागेको र मृतक विपिन उनिहरुको नियन्त्रण रहेको दावि गर्दै आएका छन ।

पचालझरना १का लक्ष्मि विकले आफुहरुलाई लखेटेको र विपिन उनिहरुको नियन्त्रणमा रहेकाले कुटेर मारेको अन्तमा टिप्परको मुनि राखेको आरोप लगाएका छन । घटनालाई सामान्यकरण गर्ने त्यसो गरिएको बताइएको छ ।

पिडितका आफन्त धन लुवार,आमा सहितका आफन्त र पचालझरना २का वडा अध्यक्ष करविर विक,वडा न.१का वडा सदस्य दंगलि लुवार लगाएतले कहिले महाराजगंज त कहिले जिल्ला प्रहरी कार्यालय धाउनु परेको छ । मृतक विपिनको सव महाराजगंज स्थित शिक्षण अस्पतालमा राखिएको छ । न्याय माग्दै १२ दिन भयो अहिले सम्म कसैले गरिवको पिडा नबुझेको उनिहरुको आरोप रहेको छ । प्रहरी नायव उपरिक्षक मिम बहादुर लामाले पहिलो चरणमा रोधिघर संचालक पशुपति श्रेष्ठका कारण विपिनको ज्यान गएको जाहेरी दिदा नमानेको तर अहिले सवारी दुर्घटना र ज्यान मुद्धामा दुई वटा जोहरीका आधारमा रोधिघर संचालक श्रेष्ठ सहित टिप्पर चालक दुर्ग बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पिडित पक्षका लक्ष्मि विक,राम बहादुर विकलाई प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । लामो समय सम्म पिडितका पक्षमा प्रहरी प्रशासन मौन रहनुका साथै उचित न्याय नपाउनुका साथै घटनालाई तोडमोड गर्ने सम्भावना भएकाले उचित न्यायका लागि आफुहरु लागि परेको वडा न.२का वडा अध्यक्ष करविर विकले बताउनु भयो । घटनाको तोडमोड नगर्न पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अनुरोध गर्नु भएको छ ।

सांसद दुर्ग बहादुर रावत देखि अन्य नेताहरुको सहयोगमा पिडितलाई न्याय दिनु पर्छ भन्नेमा लागि परेको बताउदै १२ दिन सम्म न्यायका लागि काठमाडौंमा बसेको बताउनु भयो । धन लुवारका छोरा विपिन विकलाई पौष २५ गते सांझ बा २ ख ५१४५को टिप्परले ठक्कर दिएर मृत्यु भएको प्रहरीले दावि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित