१४ दिनपछी कालीकोटका बिपिनको पशुपति आर्यघाटमा अन्त्यस्टी

7
SHARES
15
VIEWS

कालीकोट । टिप्पर दुर्घटनामा परेर मृत्युु भएका कालीकोट पचालझरनाका बिपिन बिकको आज पशुपतिमा अन्त्यस्टि गरिएको छ । गएको पौष २५ गते भएको घटनामा पचालझरना गाउँ पालिका २ धमाली निवासी बिपिनको ज्यान गएको थियो । इन्जिनियर अध्ययनका लागि काठमाडौं गएका बिपिनको २५ गते मयालु रोधिघरमा खाजा खाएर फर्किने क्रममा बिबाद भएर कुटपिट पछि भाग्ने क्रममा बिपिनको ज्यान गएको हो । घटनामा संलग्न मयालु रोधिघरका संचालक पशुपति श्रेष्ठ र टिप्पर चालक दुर्ग बहादुर श्रेष्ठले आफुहरुको दोष नभएको भनेपछी १४ दिन सम्म मृतक बिपिनको सब महाराजगंज स्थित शिक्षण अस्पतालमा राखिएको थियो ।
मृतकका बुवा धन लुवार,पचालझरना गाउँ पालिका २ का वडाअध्यक्ष करबिर बिक, वडा सदस्य दंगली बिक लगाएतका स्थानीयको दबाब पछि क्षेतिपुर्तिमा सहमति भएपछी आज मृतकको दाहसंस्कार गरिएको हो । सो घटनामा संघीय सांसद दुर्ग बहादुर रावत लगाएतका नेताहरुको साथ रहेको वडाअध्यक्ष करबिर बिकले जानकारी दिनु भएको छ ।
लामो संघर्ष पछि टिप्पर चालकले बिमा बापत ५ लाख ५० हजार र क्रिया खर्च एक लाख गरेर ६ लाख ५० हजार रकम दिएको बताइएको छ । त्यसै गरी मयालु रोधिघर संचालक पशुपति श्रेष्ठले ५ लाख ५० गरेर १२ लाख रकम दिने सहमती पछि मृतकका आफन्त १४ दिन पछि सब बुझेको बताईएको छ । प्रहरीले नियन्त्रणमा लिएका लक्ष्मी बिक,राम बहादुर बिक र रोधिघर संचालक श्रेष्ठ पनि शनिबार हिरासत मुक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित