रास्कोटको मिलनटोलका ४१ घरधुरीमा खानेपानी धारा संचालन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा स्वष्छ खानेपानी अभियानको काम तिब्र रुपमा पारिएको छ । रास्कोट नगरपालिकाको वडा नम्बर ६ को मिलनटोलका ४१ घरमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । रास्कोट स्थित मिलनटोल बस्तीम आज एक कार्यक्रममा उक्त खानेपानीको उद्घाटन गरिएको छ ।खानेपानी धारा उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र) कर्नाली प्रदेश कमिटी सदस्य जगत शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष टक्क फर्सालको अध्यक्षतामा कार्यक्रम भएको बताइएको छ ।
सो कार्यक्रममा कार्यपालिका सदस्य मन तुरुवा, सहकारी अगुवा काली बहादुर महतारा, नेकपा(माओवादी केन्द्र)रास्कोटको उपाध्यक्ष हजा सुनार लगाएतको उपस्थितिमा भएको थियो । रास्कोट ६ का ३ सय ३५ घरधुरी मध्ये २ सय ३५ घरधुरीमा खानेपानीका धारा संचालनमा आएको वडाध्यक्ष टक्क फर्सालले बताउनु भएको छ । वहाँका अनुसार अब छिटोभन्दा छिटो बाकी एक सय घरधुरीमा खानेपानी धारा जडानको काम सम्पन्न गर्ने योजना रहेको अध्यक्ष फर्सालको भनाइ रहेको छ ।
वडा नम्बर ६ का ६ वटा टोल रहेको बताइएको छ । उक्त खानेपानी संचालन भएपछी लामो समय देखि कुवाको पानी खादै आएका मिलन(दर्जी)टोलका स्थानीयले नगर सरकारलाइ धन्यवाद दिएका छ्न ।
खानेपानी उद्घाटन कार्यक्रमका विभिन्न बक्ताहरुले शुभकामना दिदै खानेपानी सडक,स्वास्थ्य शिक्षामा रास्कोट सरकारले उल्ल्काम गरेको र खानेपानीलाई दीर्घकालीन रुपमा संचालन गर्ने दायित्व स्थानियको भएको बताउदै स्वष्छ खानेपानीले समुदायलाइ फाइदा गर्ने बताएको छ्न ।
कार्यक्रमका प्रमुख अतिथी लगाएत सबैले धाराको पानी खाएर उद्घाटन गरेका हुन ।रास्कोटमा १ हजार २ सय बढी घरमा एक घर एक धारा जडान भएको बताइएको छ ।
उक्त आयोजनाका लागि नगर सरकारको ५० प्रतिशत र युनिसेफ नेपालको ५० प्रतिशतमा खानेपानी,शिक्षा र उर्जामा काम भएको कार्यपालिका सदस्य तथा युनिसेफ फोकल प्रसन मन तिरुवाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित