स्थानिय सरकार विशेष : रास्कोटमा ग्रामिण सडक स्तरउन्नति गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय सरकारले गाउँ गाउँमा डोजर आतंकको सज्ञा दिने गरेको भएपनि रास्कोट नगरपालिकाले ग्रामिण सडकमा स्तरउन्नति गर्न शुरु गरेको छ । स्थानिय सरकारले संचालनमा ल्याएका सडकहरु समेत पक्कि बाटोमा परिणत हुन थाले पछि स्थानियमा खुशियालि छाएको छ ।
पछिल्लो समय रास्कोट नगरपालिकाको वडा न. ६को औलसाइडमा पर्ने सडकमा पिसिसि बनाउन शुरु गरिएको रास्कोटका प्रवक्ता तथा रास्कोट नगरपालिका वडा न.६का वडा अध्यक्ष टक्क फर्सालले बताए । वहाँका अनुसार पहिलो चरणमा बाटोको ट्रयाक खोलेर आवतजावतमा समस्या आएपछि सिमेन्ट सहितको सडक व्यवस्थापन शुरु गरिएको बताउनु भयो । उक्त बाटोको नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश कमिटि सदस्य जगत शाही, सामाजिक अगुवा कालि बहादुर महतारा,कार्यपालिका सदस्य मन तिरुवा लगाएतले अनुगमन गर्नु भएको बताइएको छ ।
रास्कोटमा शान्तिघाट देखि स्युना सम्मको सडक कालो पत्रेको काम पनि शुरु भएको छ ।
पछिल्लो समय रास्कोटका सबै टोलहरुमा सडकको पहुंच सहजता गरेको स्थानिय सरकारले सडक स्तरउन्नतिमा जोड दिन थालेको बताइएको छ । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले सरकारको अबको काम सडकको स्तरउन्नति र भौतिक संरचनाको व्यवस्थापन गर्दै समुदायलाई रोजगारु मुलुक तथा आय आर्जनमा अभिबृृद्धि गर्ने रहेको बताउनु भएको छ ।
नगर प्रमुख बरालले कोभिडका कारण सोचे जस्तो काम हुन नसकेको बताउदै आगामि दिनमा कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि योजना अघि सारेर अघि बढेको बताउनु भयो । चट्ट मिलेको सानो भुगोल रहेको रास्कोटमा विकासको गति तिव्र रुपमा अघि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित