बुर्किनोमा सैन्य ‘कू’ किन भयो ?

7
SHARES
15
VIEWS

बुर्किना । बुर्किना फासोमा सैन्य ‘कू’ गरिएको छ ।फासोको टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कुर गरेर शक्ति आफ्नो हातमा लिएको हो । सेनाले संसद तथा सरकार समेत विघटन गरेको छ । सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा संवैधानिक आदेशमा फर्किने समेत जनाएको छ ।

यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायक सभा विघटन गरिएको जनाएको थियो । देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ । सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए ।

लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए । सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित