काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन संविधानको सीमाभित्रै रहेर गराउने उनको भनाइ छ । मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भइरहेकोमा सरकारको ध्यानाकर्षण समेत भएको बताएका छन् ।
‘हाम्रो मन्त्रालय स्थानीय तहको सन्दर्भमा एउटा को–अर्डिनेटिङ मिनिष्ट्री, अर्थात् लाइन मिनिष्ट्रिी पनि भएको हुनाले निर्वाचनका लागि हाम्रो मन्त्रालयले होमवर्क पनि गरिरहेको अवस्था हो । अहिले संविधानको व्यवस्था के छ, त्यो हेर्नुपर्छ,’ उनले भने, ‘संविधानमा व्यवस्थापिका र कार्यापालिकाको सम्बन्धमा अलग–अलग व्यवस्था देखिन्छ ।’
संविधानको धारा २१५ मागाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको कार्यअवधि ५ वर्ष हुने छ भनिएको छ । त्यस्तै, संविधानको २१६ मानगरपालिकाका मेयर, उपमेयर र सदस्यहरूको कार्यकाल पनि ५ वर्ष हुने छ भनेर प्रष्ट व्यवस्था गरेको उनको भनाइ छ ।
Discussion about this post