कालीकोटमा कोभिड १९ विरुद्धको खोप अभियानमा तीव्रता

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीलाई न्यूनीकरण गर्न जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले खोप अभियान तिब्र पारेको छ । पछिल्लो समयमा गाउँ गाउमा टोलि पठाएर अभियानलाई तिब्रता दिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबै स्थानीय तहलाइ पत्राचार गरेर खोप अभियान अघि बढाउन अनुरोध गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनार द्वारा जारी गरिएको सुचनामा जिल्लाका सबै स्थानीय तहलाइ मोर्डना,कोभिड शिल्ड तथा भेरोसेल खोप लगाउन अनुरोध गरिएको छ ।  उक्त सुचनामा १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई माघ १६ देखि १८ गते र कोभिडशिल्ड र भेरोसेल खोपका लागि माघ १९ देखि २१ गते समय निर्धारण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर सुनारले बताउनु भएको छ । यस अघि कालीकोट जिल्लामा २८ हजार समुदायलाइ खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित