कालीकोट । नेपाली खस भाषाको उदगमस्थल कर्णाली को सिजा वेल्ड सित जोडीयको पलाता र विगतको पलाता वेल्ड हालको कालिकोट जिल्लाको पलाता र पचालझरना गाउँपालिका रहेका छन । यहा आफ्नै मौलीक सांस्कृतिक पहिचान जैविक विबिधता , प्राकृतीक सुन्दरता र स्रोत साधनले भरीपुर्ण छ । पचाल झरना गाउँपालिका सावीकको राम्नाकोट , नानीकोट र आधा भन्दा बढी बदालकोटको सिकु मिलायर बनेको छ र जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको गाउँपालिका पर्यटकीय एवं धार्मीक सांस्कृतीक रुपले एक केन्द्रकै रुपमा परिचीत छ । १६,६९२ वर्ग किलोमिटर भु–भागमा फैलीयको यो गाउँपालिका पुर्वमा पलाता गाउँपालिका,पश्चिममा रास्कोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरीएयको छ । समुन्द्री सतहदेखी ९७० मिटर उचाइमा रहेको हाम्रो गाउँपालिकासगँ कालीकोटकै अग्ला हिमाल पुग र चुली पनी यसै मा जोडीयका छन ।
भारतको रुपडीयावाट हुम्लाको हिल्सा जोड्ने कर्णाली करीडोरले यस गाउँपालिकाको एकसाइड छिचोलेर गएको छ । यसले केही सभ्भावनाका ढोका समेत खोली दिएको छ गाउँपालिकाको विच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतीमा गतिमा छ । खासगरी – झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाट,प्राचीन स्थल मठ मन्दीर प्ररातात्वीक महत्वका धार्मीक तथा पर्यटकीय स्थल , लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।
रोग,भोक र अशिक्षाका कारण सबै भन्दा पछि परेको कर्णालि अंचल त्यस भित्रको कालीकोट जिल्लाको पलांता दरा भने चिनिनि हालको पचालझरना गाउं पालिका भित्रका तिन वटा गाविस(नानिकोट,राम्नाकोट र बदालकोट) सधै आकाशे पानिको भरमा कृषि उत्पादन हुने र सधै भरी भारतमा गएर काला पहाडको कमाईले पारिवारिक समस्या समाधानको मुल श्रोतका रुपमा यहांका बासिन्दाहरुले परनिर्भर हुंदै आएका छन । कृषि पेशामा न्युन उत्पादन हुने र उहिलेका समयमा सदरमुकामबाट नेपाल खाद्य संस्थानको चामलको भरमा नागरिकता बोकेर सदरमुकाम आउनु र कयौं दिन लगाएर १० देखि २० केजि चामल लिएर फर्किनु नै सधै भरीको दिन चर्या हुंदै आएको क्षेत्र हो ।
हिउदे बालिमा लगाएको भन्दा २० देखि ३० प्रतिशत मात्र उत्पादन हुनुले जिविको पार्जन गर्नु अनिवार्य भएको क्षेत्र हो । नेपालको अग्लो पचालझरना रहेको यस गाउं पालिकामा पर्यटनको प्रचुर सम्भावना बोकेको छ ।पचालझरनाको संरक्षण प्रवद्धन तथा विकासका लागि संरक्षण गर्दा यहांका समुदायको प्रमुख आय श्रोतको रुपमा पर्यटन प्रवद्धनलाई लिन सकिन्छ ।पचालझरना गाउं पालिका नेपालकै पर्यटकिय क्षेत्रका रुपमा रहेको गाउं पालिका हो ।पूर्वमा तिलागुफा नगरपालिकाको छाप्रे,पश्चिममा कर्णालि नदि,उत्तरमा पलांता गाउं पालिका र दक्षिणमा खांडाचक्र नगरपालिका भित्रको एक विकट र मरुभुमिका रुपमा रहेको पचालझरना गाउं पालिका हो ।
केही समुदायाले गाउं पशुपालन गरेर आम्दानि गर्ने गरेको भएपनि रोजगारीको लागि भौतारिनु बाध्यता रहदै आएको छ ।कहिले खडेरी,असिना पानि त कहिले भारी वर्षाले सताइरहने पचालझरना गाउं पालिकामा देशमा संघियता संगै स्थानिय स्तरमा ठुलो अधिकार सहित जनताले व्यवस्थापनको महसुस गरेका छन ।विकास निर्माणका कामलाई तिव्रतामा समुदायको आत्मनिर्भर हुने खालका कार्यक्रम एक पछि अर्काे कार्यक्रम कृषि र पर्यटन हुन सकेका छैनन ।
काठमाडौंमा विनियोजन गरेको बजेटको ठाउंमा स्थानिय स्तरमा नै आवश्यक्तालाई मध्यनजर गर्दै बजेट व्यवस्थापन हुने र कामको परिणाम पनि त्यस्तै आउने आशा समुदायमा हुंदै आएको छ । पचालझरना गाउं पालिकामा स्थानिय सरकारले विभिन्न भौतिक संरचना निर्माण गर्दै समुदाय स्तरमा आय आर्जनका थुप्रै कााम गर्दै आएको छ । जस अन्तरगत कृषि र पर्यटनमा गरिएको लगानिबाट समुदायहरुको जिवन चक्र एक पछि अर्काे रुपमा फेरिने क्रम बढेको छ ।
Discussion about this post