हुम्लामा हावाहुरी,आवतजावतमा कठिनाई

7
SHARES
15
VIEWS

हुम्ला। हावाहुरीका कारण हुम्लामा हवाई सेवा अवरुद्ध हुंदा आवतजावतमा कठिनाई भएको छ ।

हावाहुरीका कारण कुनै पनि उडान नभएको सिमकोट विमानस्थलले जनाएको छ ।
पछिल्लो समय हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेकाले समस्या आएपनि एकाएक हावाहुरी चल्दा थप समस्या भएको छ । घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएको भएपनि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध भएपछि जिल्ला बाहिर जाने नागरिकहरु समस्यामा परेका छन ।

नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ ।

विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित