पचालझरनाले विशेष गाउँ सभा गर्दै-कर्नालि संचार

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले विगतको समिक्षा र आगामि निति तथा कार्ययोजनालाई पारित गर्न आठौं गाउँ सभा शुरु गरेको छ ।

स्थानिय तहको संरचना निर्माण गरेदेखि हाल सम्मका काम कार्वाहीको समिक्षा गर्दै चालु आर्थिक वर्षको काम कार्वाही र आवश्यक रणनिति तय गर्न आठौं विशेष गाउँ सभाको आयोजना गरिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गाउँ सभाको आयोजना गरिएको बताउदै पचालझरनामा विभिन्न निकायहरु संगको साझेदारीमा हुने कार्यक्रमलाई व्यवस्थित पार्दै विकास निर्माण देखि अन्य भौतिक संरचना तथा कृषि पशुपालनका कामहरुको बारेका आवश्यक छलफल हुने बताउनु भयो ।

पचालझरना गाउँ पालिकाले देशको नमुना काम गरेको निष्कर्ष सहित आफ्नो कार्यकालका कामको बारेमा समेत समिक्षा गरिने बताइएको छ ।

पचालझरना गाउँ पालिकाले गोठालो भत्ता र छाना मुक्त गाउँ पालिकाको अभियान अहिले रािष्ट्रय रुपमा लोकप्रिय हुंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित