पचालझरनामा १९ वटा सडकलाई शहिदको नामाकरण गरियो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना सरकारले गाउँ पालिकाले निर्माण गरेका सडकहरुको नामाकरण गरेको छ । गाउँ पालिका भित्रका संचालनमा आएका सडकहरुको शहिद मार्गका नामबाट नामाकरण गरेको हो ।

पचालझरना गाउँ पालिकाले आठौं गाउँ सभामा अध्यक्ष खडगराज सेजुवालले हाल सम्म गरेका काम र गर्न बांकी कामका बारेमा जानकारी गराउदै पचालझरनाको वडा न. १ देखि ९ सम्म सुचारु भएका सडकहरुको नामाकरण गर्दै शहिद मार्गको नामबाट सडक संचालन गरिएको बताउनु भएको छ ।

जसमा वडा न.१को डौ.ठे देखि घट्टेगाड सम्मको सडक जयसरा मार्ग,सेराडिल देखि अल्के सम्म अनिपाल मार्ग,अल्के देखि पणेक्षा सम्मको सडक संजविनि मार्ग,लाफा देखि खार्दु सम्म विरवलमार्ग,जारकोट देखि राम्नाकोट संघर्ष मार्ग,नुवाघर सडक चरित्र मार्ग,बयलझरना देखि नानिकोट विश्व मार्ग,लालिगुरांस मार्ग,जारकोट लाफा लगाएतका सडकको नामाकरण गर्दै गाउँ पालिका बाहिर जोड्ने सडकको समेत विस्तारको लागि प्रस्ताव पेश गर्नु भएको छ ।

जस अन्तरगत सिकु देखि जिमजेडी,खार्दुदेखि पुग हुंदै तिलागुफा लगाएतका सडक विस्तार गरिने बताउनु भएको छ ।उक्त गाउँ सभाका प्रस्तावहरु गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले प्रस्तुत गर्नु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित