पचालझरनालाई पर्यटकिय गाउँ बनाउन होम स्टे स्थापना गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरनाको विकास प्रवद्धन गरी पर्यटन क्षेत्रमा नमुना बनाउने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको आठौं गाउँ सभालाई सम्बोधन गर्दै विगतमा गरेका काम कार्वाहीको जानकारी गराउदै पचालझरनाको आसपासका गाउँका सबै घरमा होम स्टे स्थापना गरी आय आर्जनका कामलाई व्यवस्थित पाििरने बताउनु भएको छ । गाउँ पालिकामा गरेका काम कार्वाहीका बारेमा अनुभुति राख्दै पहिलो कार्यकालमा संरचना निर्माण गर्दै अघि बढेर यहाँ सम्म आएको बताउनु भएको छ ।

अध्यक्ष सेजुवाललेजहाँ आफुहरुले काम गर्दा खेरी जहाँ लुवार पायो त्यहि आरन लगायो भन्ने उखान अनुसार काम गरेर सडक,विद्युत, शिक्षा स्वस्थमा उल्लखनिय काम गरेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा छाना मुक्त गाउँ र गोठालो भत्ताले राष्ट्रिय रुपमा लागु गर्ने अनुकरणिय काम भएको समेत दावि गर्नु भएको छ ।

पचालझरना गाउँ पालिकाले जिल्लाका अन्य कुनै पनि स्थानिय तहले गाउँ सभा नगरेको भएपनि जांदा जांदै समिक्षा सहितको आठौं गाउँ सभामा प्रवक्ता तथा वडा न. ४का वडा अध्यक्ष अनरुप रोकाय,वडा न. ५का अध्यक्ष विर्षलाल आचार्य,वडा न.१ का वडा अध्यक्ष रत्नलाल न्यौपाने लगाएतका जन्रपतिनिधिहरुले भावुक हुंदै आफुले राम्रा काम गरेको दावि गर्दै पचालझरनाको विकासका लागि आफुहरुको साथ निरन्तर रुपमा रहने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित