पचालझरनामा उपाध्यक्ष रोजगार कार्यक्रम,हाते बुनाईबाट सिप सिक्दै महिला उद्यमि बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले संचलन गरेको हाते दुई महिने बुनाई तालिम सम्पन्न भएको छ । सातौं गाउँ सभाले उपाध्यक्ष संग महिला रोजगार कार्यक्रम अन्तरगत सबै वडामा हातेबुनाई तालिम संचालन गरिएको थियो । उक्त तालिममा २४ जना महिलाले हातबाट टाबेल,दोसल्ला लगाएतका उत्पादन गर्ने गरी सिप सिकेका छन ।

गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा पचालझरना गाउँ पालिका वडा न. १ सिकु र वडा न.२ खयरकोट धमालिका महिलाहरुले दुइृ महिनामा उत्पादन गरिएका टाबेलहरु अतिथिहरुलाई ओढाएर एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

उक्त तासिलम समापन कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेल महिलाहरुलाई रोजगार बनाउनका लागि यस कार्यक्रमलाई अघि सारिएको बताउनु भएको छ ।

वडा न. १ र २का तालिममा सहभागि महिला तथा पुरुषहरुको उपस्थिति सहित वडा न.२का निमित्त वडा अध्यक्ष जगत कठायत,वडा सचिव हस्त खड्का लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको बताइएको छ । पचालझरना गाउँ पालिकामा स्थानिय सरकारले विभिन्न आयमुलकका साथै विकास निर्माणका काममा तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित