प्रमुख जिल्ला अधिकारी सहितले गरे रास्कोट अस्पतालको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा अनुगमन गरिएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी सहितको टोलिले रास्कोट अस्पतालको अनुगमन गरेको हो ।

रास्कोट अस्पतालमा रास्कोट नगर प्रमुख काशिचन्द्र बराल,जिल्ला स्वस्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नविर सुनार,प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपाने,रास्कोटका प्रमुख प्रशासकिय अधिकृत,स्वस्थ्य शाखा प्रमुख सहितको टोलिले अनुगमन गरेको हो । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले रास्कोटमा कोभिड १९ अन्तरगत स्थापना भएको अस्पताल भएकाले थप विकास र गर्न सकिने कामका बारेमा बुझ विस्तार हुनुका साथै रास्कोटमा मतदान केन्द्रको अवस्थाका बारेमा समेत स्थलगत अनुगमन गरिएको बताउनु भएको छ ।

प्रमुख बरालका अनुसार रास्कोटलाई शहरी करण कसरी गर्न सकिन्छ भन्ने बारेमा स्थलगत अनुगमनका लागि शहरी विकास मन्त्रालय र सहरी डिभिजन कार्यालय जुम्लाको टोलि समेत आइपुगेको बताउनु भयो ।

पछिल्लो समयमा रास्कोट अस्पतालको सेवा प्रभावकारी हुंदै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित