पचालझरना आज देखि सुचना प्रबिधी मैत्री गाउँ पालिका

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना प्रबिधि मैत्री गाउँ पालिकाका रुपमा शुरूवात भएको छ । आज देखि गाउँ पालिकामा डिजिटल बोर्ड मार्फत गाउँ पालिकाका सुचनाहरु प्रकाशित हुने गरी शुरूवात गरिएको गाउँ पालिकाका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भएको छ ।पचालझरना गाउँ पालिकामा जलविद्युत उत्पादन भएपछि हरेक काम कार्बाहीहरु सहजतामा ल्याउन प्रबिधी मैत्री गाउँ पालिकाका रुपमा अगाडी बढाउन अघि बढेको बताइएको छ । गाउँ पालिकाले सबै वडामा सुचना बोर्ड जडान गर्ने योजना रहेको छ । पचालझरना गाउँ पालिकाले नागरिकता सिफारिस,जन्म,मृत्यु,बसाइसराइ,बालबालिका तथा जेष्ठनागरिकका लगाएतका सेवा सुबिधाका बारेमा निरन्तर सुचना प्रबाह गरिने बताइएको छ । यस अघि रास्कोट नगरपालिकाले प्रबिधि मैत्री नगरपालिकाका रुपमा अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित