पचालझरनाको शहिद पार्क भुराबगरबाट शुरु भयो शहिद सप्ताह

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्धका महान शहिद दिल बहादुर रम्तेलको हत्या भएको फागुन १४ देखि २१ गते सम्म मनाउने गरिएको शहिद सप्ताहका क्रममा कालीकोट जिल्लाको् पचालझरना गाउँ पालिकाबाट शहिद सप्ताहको शुरुवात गरिएको छ ।

पचालझरना गाउँ पालिकाले स्थापना गरेको शहिद पार्कमा जनयुद्धका शहिद परिवारलाई उपस्थिति गराई सम्मान गरिएको छ । पचालझरना गाउँ पालिकाका ४६ जना र पलांताका १५ जना गरी ६१ जना शहिद परिवारलाई कर्नालि प्रदेशका पहिलो मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सहितका नेता तथा कार्यक्रताका साथै रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल,पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल लगाएतको उपस्थितिमा शहिद परिवारलाई सम्मान तथा शहिद सप्ताहको शुरुवात गरिएको हो ।

त्यसै गरी रास्कोट नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिकाको सयुक्त आयोजनामा शान्तिघाटमा शहिद परिवारलाई सम्मान भएको बताइएको छ । शहिद सप्ताहको क्रममा आइतवार नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँ,सोमबार खांडाचक्र नगरपालिका र महाबैको सयुक्त रुपमा पिलिमा शहिद परिवारलाई सम्मान गरिने भएको नेकपा(माओवादी केन्द्र) कालीकोटले जनाएको छ ।

यस क्रममा कालीकोट जिल्लाको पचालझरनाबाट रफ्टिंगको सम्भाव्यता अध्ययन गरिएको छ । कर्नालि प्रदेशका पहिलो मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले शुभारम्भ गर्नु भएको थियो । कर्नालि नदिको पचालझरना देखि मानव सरोबर सम्मको यात्राका लागि कर्नालिमा रफ्टिंगको सम्भावना अध्ययन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित