हिमचुलि कृषि सहकारी संस्था द्धारा ३७ जना व्यवसायि सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी संस्थाले आफ्ना व्यवसायि सदस्यहरुलाई सम्मान गरेको छ । जिल्लाभरका ९ वटा सेवा कार्यालयबाट ३६ जना व्यवसायि तथा बचत सदस्यहरुलाई सम्मान गरको हो ।हिमचुलि कृषि सहकारी संस्था लिमिटेडले नौ वटै स्थानिय तहमा सेवा कार्यालय विस्तार गरेर विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

सोही अवसरमा प्रत्येक सेवा कार्यालयले ४ जना सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।संस्थाका अध्यक्ष काली बहादुर महताराका अनुसार सदस्यहरुले गरेको व्यवसायमा थप प्रेरणा मिल्ने र अन्य व्यवसायिहरुले सो व्यवसयाबाट सिकुन भन्ने हेतुले व्यवसायि देखि बचत गर्न र अनुशासित सदस्यहरुलाई सम्मान गर्दै आएको बताउनु भएको छ ।

हिमुचलि कृषि सहकारी संस्थाले नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँ सेवा कार्यालयमा ४ जना,शान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुडी सेवा कार्यालयमा ४ जना,रास्कोट नगरपालिकाको रास्कोट सेवा कार्यालयले ५ जना,पलांता र पचालझरना गाउँ पालिकामा रहेका सेवा कार्यालयहरुमा ४/४ जना र खांडाचक्र नगरपालिकाको मान्म र पिलि सेवा कार्यालयमा समेत ४/४ जना सम्मानित गरिएको हो ।

त्यसै गरी महाबै गाउँ पालिकाको पादमघाट सेवा कार्यालयमा ४ जना र तिलागुफा नगरपालिकाको गाल्जे सेवा कार्यालयमा ४ जना गरी ३७ जना सम्मानित भएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भयो । जिल्लाको सबै भन्दा ठुलो व्यवसायि सहकारी संस्थाका १३ हजार ७ सय सदस्यहरुका साथै तिनिहरुमा ३४ करोड कर्जा प्रवाह र १५ करोडको बचत रहेको बताइएको छ ।

हिमचुलि कृषि सहकारी संस्थाले जिल्लामा सदस्यहरुको दुर्घटना विमा,सुत्केरी राहत,कालगति मृत्यु भएका सदस्यलाई राहत,घर भत्किएका पिडित लगाएतका कार्यक्रम गर्दै आएको छ ।

२०६५ सालमा रास्कोट नगरपालिकाका प्रमुख तथा साविकको फुकोट गाविसका अध्यक्ष काशिचन्द्र बरालको नेतृत्वमा स्थापना भएको सहकारीले प्रदेश स्तरिय कार्यत्रक्षेत्र विस्तारका लागि समेत प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित