प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख द्धारा महाबैमा गरियो मतदान केन्द्रको निरिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकिदै गइरहेको अवस्थामा सुरक्षा सतर्कताका लागि अनुगमन हुन थालेको छ । पछिल्लो समय जिल्लाका सबै पालिकामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरु द्धारा स्थलगत अनुगमन हुन थालेको हो ।

रास्कोट नगरपालिकाबाट शुरु भएको स्थलगत अनुगमन अहिले महाबै गाउँ पालिकामा भएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा,प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपाने र अनुसन्धान प्रमुख राम आंचल शर्मा सहितको टोलिले मंगलबार महाबै गाउँ पालिकाको स्थलगत अनुगम गरेको छ । उक्त टोलिले आउदो स्थानिय तहको निर्वाचनका लागि सुरक्षा प्रबन्धका साथै मतदान केन्द्रको अनुगमन गरेको हो ।

महाबै गाउँ पालिकामा पुगेको टोलिले स्थलगत अनुगमन पछि एक कार्यक्रम गर्दै महाबै गाउँ पालिकाका अध्यक्ष नन्द बहादुर सिंहले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा महाबै गाउँ पालिकाका जनप्रतिनिधि,राजनैतिक दलहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत भएको हो ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माकोे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालीकोट जिल्लालाई बाह्य क्षेत्रबाट हेर्ने दृष्टिकोण राम्रो नभएपनि आगामि निर्वाचनमा सुरक्षाका क्षेत्रमा सबै भन्दा राम्रो व्यवस्थापन गरिने बताउदै प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले समुदायलाई विश्वस्त पार्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि रामहरी शर्माले आफुले जिल्लाको अवस्थाका बारेमा बुझ विस्तार गरेर सोही अनुसार जनशक्ति व्यवस्थापन देखि अन्य काम पुरा गर्ने बताउदै त्यसका लागि समुदायको सबै भन्दा ठुलो साथ रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित