प्रमुख जिल्ला अधिकारी शर्मालाई नेकपा(माओवादी केन्द्र) महाबैले बुझायो ७ बुद्धे ध्यानाकषर्ण पत्र

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई महाबैमा भएका गतिविधिको बारेमा ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा(माओवादी केन्द्र) महाबैले ७ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको छ ।

महाबै गाउँ कमिटि सचिव भिम बहादुर सिंह द्धारा हस्ताक्षरित पत्रमा लामो समय देखि वितरण नभएको सामाजिक सुरक्षा भत्ता,वर्षाका कारण क्षेति भएका संरचनाको पुननिर्माण,स्थानिय स्तरमा भेला नगरी संचालन भएका योजनाको कार्यन्वयन र सम्झौता नभएका योजनाको काम अघि बढाउन,कर्नालि प्रदेशले अख्तियारी आएका योजनाहरुको संचालनका साथै कार्यविधि विना अध्यक्ष र उपाध्यक्ष कोष निर्माण गरेर हिना मिना गरेको रकमको छानविन गर्न माग गरेको छ ।

यस अघि पनि नेकपा(माओवादी केन्द्र) महाबैले स्थानिय सरकारको विरोध गर्दै आएको थियो । यस संबन्धमा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बुझ विस्तार गरेर प्रक्रियामा अघि बढाउन आफ्नो तर्फबाट कुनै कसुर बांकी नराख्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित