अमेरिका लुकेकी तिलागुफा कि उपमेयर दन्ता राजनैतिकमा सक्रिय

7
SHARES
15
VIEWS

कालीकोट ।२०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट एक हजार ८ सय ४३ मत ल्याएर विजयी भएकी दन्ता नेपालिले अमेरिकामा राजनैनिक गर्ने संकेत गरेकी छ्न ।उनले सामाजिक संजालमा लामो समय पछि फोटा पोस्ट गर्दै आफ्नो बारेमा अमेरिकामा सहकर्मी हरु संग राजनैनिक क्षेत्रमा सक्रिय रहेको फोटा पोस्ट गरेकी छ्न । उनी २०७६ कार्तिकमा अमेरिका गएकी थिइन । त्यस ताका सामाजिक संजालमा व्यापक बिरोध भएपछी आफू उपचारका क्रममा नबोल्ने अवस्थामा रहेको बताएकी थिइन । त्यस पछि २०१९ नोभेम्बर १६ अर्थात २०७६ कार्तिक ३० गते बिरामी भएको फोटा पोस्ट गरेकी भएपनी फेरि आएर २०२१ फेब्रुअरी २२ अर्थात २०७७ फागुन १० गते उप मेयरको कार्यकालको कोट लगाएको पोस्ट गरेकी थिइन भने शनिबार अमेरिकि निवासी स्यान्डी ह्याकर संग अर्कि नेपाली मुलकी साथी संगै फोटा पोस्ट गरेकी छ्न । यस अघि अमेरिकाका विभिन्न ठाउँमा सेमिनार तथा राजनैतिज्ञ भेटघाटमा सक्रिय रहेकी थिइन । अहिले सामाजिक संजालमा पोस्ट गरेको फोटा पछि व्यापक आलोचना भएको छ । अधिकांस कर्नाली वासिले अब चुनाव नजिक आयो सांसद लड्ने भएर आउनु पर्‍यो र कयौंले जनमतको कदर नगरेको आरोप लगाएका छ्न । दन्ता नेपालिले भने केही प्रतिक्रिया दिएकी छैनन।
२०७६ साल असोजमा नगरपालिकालाई अमेरिका भ्रमणमा जाने बताएर सम्पर्क बिहिन भएकी दन्ताको राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा उपप्रमुख नेपालीको खोजी भएको थियो। आफूले मतदान गरेर जिताएकी उपप्रमुख नै सम्पर्कविहीन भएपछि मतदाता निराश भएका थिए ।
उनले एक पटक लामो पत्र लेख्दै आफू बिरामी भएको र बोल्न नसक्ने अवस्था रहेको तर निको भएपछी नेपाल फर्किने बताएकी थिइन ।
अमेरिकामा आईसीएमए अर्थात् इन्टरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा भाग लिन गएकी हुन् । तर, उनी उतै लुकेर बसेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित