पचालझरनामा सहिद स्मृति भवनको अध्यक्ष सेजुवाल द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकाेट। पचालझरना गाउँपालिका सहिद स्मृति भवनकाे एक कार्यक्रमका बिच अध्यक्ष खड्गराज सेजुवालले सिलान्यास गर्नु भएको छ। पचालझरना गाउँ पालिकाको वडा नम्बर ९ रहेको सहिद स्मृति भवन उद्घाटनमा उपाध्यक्ष तारा न्याैपाने, वडा न९ का वडा अध्यक्ष जाेरे तिरुवा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति सचिब देवराज शाही , पचाल झरना गाउँ कमिटी अध्यक्ष पाैरख बि क , उपाध्यक्ष ललिजङ शाही ,शिक्षा शाखा प्रमुख नमराज शाही लगायतका नेता कार्यक्रताकाे उपस्थितिमा सिलान्यास गरिएको हो ।
उक्त सिलान्यास कार्यक्रममा अध्यक्ष सेजुवालले एक्साभेटर चलाएर सिलान्यास गरेका हुन। जनयुद्ध कालमा साबिककाे नानिकाेट गा बि स वडा न ८ हालकाे पचालझरना ९ कोटिला निवासि हर्ष बहादुर शाही(प्रभात)ले २०५६ सालमा ब्यक्तिगत जग्गा सबै पार्टी करण गरी तत्कालीन ने क पा( माओवादी केन्द्र) द्वारा स्थापना भएको जनसरकारले उपभाेग गर्दै आएकाे त्यही ठाउँमा एक तले पक्की भवन बनाउन सुरु गरिएको स्थानीय बासी रत्न बहादुर शाहीले बताउनु भएको छ।
भवनकाे पहिलो तलामा एउटा सभाहल,सौचालय, दुईवटा काेठा बनाउने र उक्त भवनमा शहिदका विभिन्न विवरण सहित युद्ध सङ्ग्रहलयका रुपमा निर्माण गर्ने बताइएको छ । उक्त स्थान खुलालु हिल्सा हुलागि राजमार्ग सँग जाेडिएकाले संग्राहलयले युद्धकालीन बस्तीका रुपमा चित परिचित गर्न सहज हुने जिल्लावासिले आशा लिएका छ्न । यस पचालझरना गाउँ पालिकाको भुराबगरमा सहिद प्रतीक्षालयका साथी स्तम्भ स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित