नरहरिनाथको लालुमा दर्जनौ नेता कार्यक्रता माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)को नरहरिनाथ गाउँ पालिकामा संचालित अभियानमा दर्जनौ नेता कार्यक्रताहरु माओवादीमा प्रवेश गर्ने क्रम बढेको छ ।

नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु बहादुर विकको प्रमुख आतिथ्यतामा संचालन गरिएको अभियानका क्रममा लालुमा भएको कार्यक्रममा नेपालि कांग्रेस पार्टी परित्याग गरि पुर्ण नाथ योगि,उज्जला शाही,धन बहादुर शाही,महाजिते बिस्वकर्मा लगाएतका नेताहरु प्रवेश गरेको लाल बहादुर भण्डाराले बताउनु भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिति विष्णु विकले नव प्रवेशिलाई फुलमाला लगाएर स्वागत गर्नु भएको बताइएको छ । उक्त कार्यक्रममा कर्नालि प्रदेश कमिटि सदस्य तथा नरहरिनाथ गाउँ कमिटि इन्चार्ज अग्र बहादुर विष्ट(सुनिल),कर्नालि प्रदेश कमिटि सदस्य कमल शाह(लिला),गाउँ कमिटि अध्यक्ष मनशोभा बुढा(आशा)लगाएतका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

पछिल्लो समयमा नरहरिनाथ गाउँ पालिकामा व्यापक रुपमा अभियान शुरु गरेको माओवादी केन्द्रले जनाएको छ । नेकपा(माओवादी केन्द्र)ले गाउँ शहर नगरमा जांउ, नेकपा(माओवादी केन्द्र)लाई जिताउ भन्ने मुलनाराका साथ गाउँ अभियान तिव्र पारेको छ ।

नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज विष्णु विक(विकल्प)ले अवको माओवादी केन्द्रको गाउँ गाउँमा समाजवाद उन्मुख सम्बृद्धिका लागि स्थानिय सरकारलाई अग्रसर गराउन लागि परेकाले आफ्नो पार्टीमा अन्य दलका नेता तथा कार्यक्रता प्रवेश गर्ने क्रम बढेको बताउनु भएको छ ।यस पटक कालीकोटका ९ वटै पालिका तथा ८२ वटा वडामा जित सुनश्चित भएको दावि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित