अखिल(क्रान्तिकारी)कालीकोटले खटायो मतदान केन्द्रमा स्वंयमसेवक

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले जिल्लाका ९७ मतदान केन्द्रमा स्वंयमसेवक खटाएको छ । अखिल(क्रान्तिकारी ) कालीकोटको भर्खरै बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा प्रतिनिधि तोकेको हो ।
जिल्ला अध्यक्ष नरेन्द्र आचार्यले हस्ताक्षर गरेको परिपत्रमा नररिनाथ गाउँ पालिकामा रहेका १०मतदान केन्द्रमा स्वंयमसेवकको रुपमा १० जनालाइ जिम्मेवारी तोकेको छ भने रास्कोट नगरपालिकामा ९ मतदान केन्द्रमा स्वयम् सेवक खटाएको छ । त्यसै गरी महाबै गाउँ पालिकामा ७ ,खांडाचक्र नगरपालिकामा १५,शुभकालीकामा ७ , तिलागुफा नगरपालिकामा ११,सान्नीत्रीबेणी गाउँ पालिकामा १०, पचालझरना गाउँ पालिकामा ११ र पलाता गाउँ पालिकामा १२ मतदान केन्द्रमा विद्यार्थी नेताहरुलाइ जिम्मेवारी दिएको बताइएको छ ।
बिद्यार्थीले मतदान केन्द्रमा धांदली रहित बनाइ निर्वाचन स्वच्छ र मर्यादित बनाउन विशेष भुमिका रहने जिल्ला अध्यक्ष नरेन्द्र आचार्यले बताउनु भयो । कालीकोटमा पार्टीका तर्फबाट पहिलो पटक स्वंयमसेवक खटाइएको हो ।
त्यसै गरी वाइसीएल नेपालले एक बुथ,सय युथको नारा अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित